काठमाडौं । सर्लाहीमा आज मात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सर्लाहीमा मात्रै कोरोना संक्रमितको संख्या ३२ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा एकैपटक १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरु सर्लाही गोडैता कविलासी नगरपालिकाका वर्ष १८, २०, २०, २०, २१, २२, २३, २६,२६, २८, ३३, ३५ र ३५ का पुरुष रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगराीमा रहेका छन् ।
योसँगै नेपालमा आज (शनिवार) विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४८ पुगेको छ भने ३ जनाको मृत्यु भईसकेको छ र ७० जना उपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया