काठमाडौं उपत्यकामा १७ जनामा कोरोना संक्रमण, आजै थपिए भक्तपुरमा १ जना

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण देखिएको छ ।

शुक्रवार साँझ भक्तपुर (भक्तपुर ९) की ४२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । काठमाडौंमा हालसम्म १२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा हालसम्म १ जना र भक्तपुरमा शुक्रवार थपिएका संक्रमितसहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज मात्रै ५९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । हालसम्म ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । यद्यपी देशका विभिन्न ठाँउमा कोरोना संक्रमण पुष्टि भइ धेरै मानिसले काठमाडौंका विभिन्न उपत्यकामा कोरोना उपचार गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?