काठमाडौं । शुकवार दिउँसो पाकिस्तानको कराँचीमा विमान दुर्घटना भएको छ ।
त्यहाँको उड्डयन प्राधिकरणले जानकारी दिएअनुसार विमानमा ९९ जना र ८ जना क्रू मेम्बर रहेका थिए ।
ल्याण्ड हुनभन्दा केही सेकेण्ड अघि मात्र दुर्घटनाग्रस्त भएको उक्त बिमान बस्ती नजिक खसेको थियो ।
बिमान दुर्घटना हुनुअघि पाइलटले कन्ट्रोलरुममा दुबै इन्जिनले काम नगरेको जानकारी गराएको एक भिडियोमा सुन्न सकिन्छ । बस्तीमा खसेको उक्त बिमानका टुक्राहरु यत्रतत्र छरिएको फोटोहरु बाहिरीएका छन् । भने दुर्घटनाग्रस्त क्षेत्रबाट ठुलो धुँवाको मुस्लो आइरहेको देख्न सकिन्छ । कतिपय ठाँउमा प्लेनका टुक्राहरु जलिरहेको भिडियोमा देख्न सकिन्छ ।
यस्तो थियो बिमान दुर्घटनाग्रस्त बिमानमा रहेका पाइलटले कन्ट्रोलरुमसँग गरेको कुराकानी:
कन्ट्रोल: बिमान बाँया घुम्ने देखिन्छ
पााइलट: हामी सिधै अगाडि बढिरहेका छौं हामीले ईन्जिन गुमाएका छौं
कन्ट्रोल: २ वे मा जडान गर्नका लागि रनवे उपलब्ध छ
पायलट रोजर
पायलट: सर Mayday Mayday Mayday Mayday पाकिस्तान 8303
कन्ट्रोल: ८३०३ रोजर दुबै रनवे भूमिमा स्पष्ट छन्
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
पाकिस्तान विमान दुर्घटना अपडेट : आकाशबाट बल्दै झरेको थियो विमान (भिडियोमा हेर्नुहोस्)
आहतमाथि विपत् : पाकिस्तानमा ९० यात्रु सवार विमान दुर्घटना (भिडियो सहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया