ललितपुर – ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा आज (शुक्रबार) बिहान आईसोलेसनमा उपचाररत बिरामीको मृत्यु भएको छ ।
‘अल्का २’ मा क्यान्सरको उपचार गराइरहेका उनलाई उच्च ज्वरो आएको थियो । त्यसैले कोरोनाको आशंकामा उनको पिसीआर परीक्षण गर्न स्वाब पठाइएकोमा ‘रिपोर्ट’ आइसेकेको छैन ।
नवलपरासीबाट उपचारका लागि आएका ६५ वर्षीय पुरुषको मुत्यु भएको हो । ज्वरो देखिएपछि कोरोनाको आशंकामा पिसीआर जाँच गर्न पठाइएतापनि क्यान्सरका कारण उनको मृत्यु भएको हुनसक्ने बताएको छ ।
यस्तै पाटन अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको पनि शुक्रबार बिहान मृत्यु भएको थियो । तर उनको पिसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। हाल पाटन अस्पतालमा १२ जना संक्रमितको उपचार भइरहेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको यस भाइरसबाट नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने संक्रमित धमाधम थपिइरहेका छन् । हिजो मात्रै थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । आज (शुक्रबार) नै ३० जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४८७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया