भत्ताको लाइनमै वृद्धको ज्यान गयो

धादिङ । सामाजिक सुरक्षा भत्ता लिन बैंक गएका एक वृद्धको मृत्यु भएको छ ।

गंगाजमुना गाउँपालिका–४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङ घरबाट तीन घण्टा टाढाको फुलखर्कस्थित

एसबीआई बैंकमा लाइन बसेका बेला बेहोस् भएर ढलेका थिए ।   कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
दमका बिरामी उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?