काठमाडौं । नेपालले लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाल र भारतबीच सीमाको विषयमा विवाद बढिरहेको छ ।
यो समाचार नेपाल र भारतमा मात्र होइन, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्राथमिकताको रुपमा खबर प्रकाशित गरिरहेका छन् ।
बीबीसी, सीएनएन, अल जजिरालगायत विभिन्न चर्चित सञ्चारमाध्यमहरुले यसलाई प्राथमिकताको रुपमा लिएर खबर प्रकाशित गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कालापानीमा नेपाल र भारतबीचमा बढेको सीमा विवादका बारेमा खबरहरु प्रकाशित गरेका हुन् ।
सीएनएनले पनि नेपालले कालापानी क्षेत्र समावेश गरेर नयाँ नक्शा जारी गरेकोमा भारतले अपत्ति जनाएको खबर प्रकाशित गरेको छ ।
साथै अल जजिराले ११५ वर्ग किलोमिटरको यो क्षेत्रमा नेपालले नयाँ नक्शा जारी गरेकोमा भारतले जनाएको आपत्तिलाई लिएर खबर प्रकाशित गरेको हो ।
साथै उसले समाचार कालापानी नेपालको भएको र त्यहाँ भारतले सैन्यबलको प्रयोग गरेर कब्जा गर्न खोजेको उल्लेख गरेको छ ।
साथै बीबीसीले भने तथ्य र प्रमाणका आधारमा सीमा विवाद हल गर्नुपर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया