काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिलेसम्म आइपुग्दा विश्वका २१३ वटा देशमा फैलिसकेको छ ।
विश्व कोरोना भाइरसको महामारीबाट यतिबेला ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३३ हजार ९७६ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ८६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २० लाख ६८ हजार ७१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । तर आज हामी तपाईलाई विश्वमा १ लाख भन्दा धेरै कोरोना संक्रमितलाई निको बनाएर घर फर्काएका ७ देशको बारेमा तपाईलाई जानकारी दिनेछौँ ।
७. ईरान
ईरानमा अहिलेसम्म ७ हजार २४९ जनाको मृत्यु भईसकेको छ भने १ लाख २९ हजार ३४१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै ईरानमा २ हजार ६५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
६. टर्की
टर्कीमा अहिलेसम्म ४ हजार २४९ जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजार ५४८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा कुल संक्रमित मध्ये १ लाख १४ हजार ९९० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
५. ब्राजिल
ब्राजिलमा अहिलेसम्म २० हजार ४७ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १० हजार ८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ब्राजिलले अहिलेसम्म १ लाख २५ हजार ९६० जनालाई निको बनाईसकेको छ ।
४. इटाली
इटालीमा अहिलेसम्म ३२ हजार ४८६ जनाको मृत्यु भईसकेको छ भने २ लाख २८ हजार ६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ईटालीले कुल संक्रमित मध्ये उपचारबाट १ लाख ३४ हजार ५६० जनालाई निको बनाएको छ ।
३. जर्मनी
जर्मनीमा अहिलेसम्म ८ हजार ३०९ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार १६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने जर्मनीले १ लाख ५८ हजार जनालाई उपचार पछि निको बनाएको छ ।
२. स्पेन
स्पेनमा अहिलेसम्म २७ हजार ९४० जनाको मृत्यु भईसकेको छ भने २ लाख ८० हजार ११७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने स्पेनले १ लाख ९६ हजार ९५८ जनालाई उपचार पछि निको बनाएको छ ।
१. अमेरिका
अमेरिकामा अहिलसम्म ९६ हजार ३१४ जनाको मृत्यु भईसकेको छ भने १६ लाख २० हजार ७६७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १७ हजार ९०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अमेरिकाले अहिलेसम्म ३ लाख ८२ हजार १६५ जनालाई उपचार पछि निको बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया