कोरोना विश्व अपडेट: ३ लाख ३२ हजार नाघे मृतक, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ३ लाख ३२ हजार १ सय ४ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म ५१ लाख ५० हजार ३९ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै २० लाख ५५ हजार १ सय २९ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ४५ हजार ९ सय २१ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वमा कोरोनाको असर सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ९५ हजार ४ सय ९६ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण त्यहाँ ५ सय ६० जनाको ज्यान गएको र १० हजार ९ सय ८६ जनामा संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ३ हजार ७ सय ९ पुगेको छ ।

त्यस्तै हालसम्म ३ लाख ७१ ह्जार ७ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार १ सय ४९ जना मानिसको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा बितेको २४ घण्टामा ८ हजार ८ सय ४९ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या ३ लाख १४ हजार ५ सय ५४ पुगेको छ । हालसम्म ३ हजार ९९ जनाको कोरोनाको कारण ज्यान गइसकेको अवस्थामा बितेको २४ घण्टामा मात्र १ सय २७ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म रसियामा ९२ हजार ६ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण १९ हजार १ सय ४८ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९६ हजार ३३ पुगेको छ । भने हालसम्म त्यहाँ कोरोना उपचारपछि १ लाख १६ हजार ६ सय ८३ जना घर फर्किएका छन् । त्यस्तै संक्रमित मध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २७ हजार ८ सय ८८ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ७९ हजार ५ सय २४ जनामा कोरोना संक्रमण फैलिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १ लाख ९६ हजार ९ सय ५८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये १ हजार १ सय ५२ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३६ हजार ४२ पुगेको छ । बितेको २४ घण्टामा २ हजार ६ सय १५ जना मानिसमा कोरोना संक्रमण फैलिएसँगै कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय ८ पुगेको छ । संक्रमितमध्ये १ हजार ५ सय ५९ जना मानिसको अवस्था गम्भीर रहेको छ भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ३८ जनाको ज्यान गइसकेको छ ।

इटालीमा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ५६ जना मानिसको ज्यान गइसकेको छ भने ६ सय ४२ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण ३२ हजार ४ सय ८६ जनाको ज्यान गइसकेको छ । भने २ लाख २८ हजार ६ जना मानिसमा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म १ लाख ३४ हजार ५ सय ६० जना कोरोना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै फ्रान्समा हालसम्म २८ हजार १ सय ३२ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८१ हजार ५ सय ७५ जना मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन् । हालसम्म फ्रान्समा ६३ हजार ३ सय ५४ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै जर्मनीमा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणको कारण ८ हजार २ सय ७३ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र ३ सय ३३ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ लाख ७८ हजार ८ सय ६४ जना पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म १ लाख ५८ हजार मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन्

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ३ हजार ५ सय १९ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ हजार ७ सय ७२ जनामा कोरोना संक्रमण फैलिएसँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ८ सय पुगेको छ । त्यस्तै हालसम्म भारतमा ४७ हजार ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८५ जनाले ज्यान गुमाएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?