इन्द्रावती गाउँपालिकाको कोरोना कोषमा सिन्धु उत्थान केन्द्रको सहयोग

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको कोरोना विपत रोकथाम कोषमा सिन्धु उत्थान केन्द्रले ५० हजार पाँच सय पचास रकम जम्मा गरेको छ ।

बिहीवार संस्थाका सचिव वासुदेव अधिकारीले गाँउपालिका अध्यक्ष वंशलाल तामाङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । युएन्डीपीको सामुदायिक बिपद न्यूनिकरण तथा व्यवस्थापन कार्यक्रम (सुक) का कर्मचारीहरुको तिन दिन बराबरको तलव स्वेच्छिक रुपमा उठाएर उक्त कोषमा रकम जम्मा गरिएको अधिकारीले जानकारी दिए ।चेक बुझ्दै गाँउपालिकाको अध्यक्ष तामाङले सहयोगी प्रति आभार प्रकट गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए ।कोरोना भाइरस (कोभिड १९) लाई फैलन नदिन पूर्व तयारीका लागि इन्द्रावती गाउँपालिकाले ५० लाख रुपैयाँको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ ।

यो रकम कोरोना रोकथामकै लागि खर्चिनेछ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलालले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ”मा जम्मा गर्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?