काठमाडौं । ल्यापटप, आइप्याड लगायतका सामान गरी चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका(७ चाबहिल भत्केको पुलबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं धुम्बाराही बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका(१४ घर भएका आश्रय रिजाल हिमाल, हम्मे भन्ने २१ वर्षीय हिमाल रसाईली र काठमाडौं ओमबहाल बस्ने बारा बड्की फुलबारी गाउँपालिका(३ घर भएका २८ वर्षीय अलि आलम मिया रहेका छन् ।
गत चैत ३ गते काठमाडौं महानगरपालिका(९ सिनामंगलस्थित एरेर ५१ बोइज होस्टेलबाट ४ थान ल्यापटप र गत चैत २४ गते काठमाडौं महानगरपालिका(७ चावहिल भत्केको पुल बस्ने डा।सुविन मानन्धरको ल्यापट तथा आइप्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई चोरीका सामान सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ल्यापटप १ थान, आईप्याड २ थान, मोबाइल ६ थान, धारिलो हतियार ३ थान, प्रोजेक्टर २ थान, क्यामेरा १ थान, बा।२७ प ९४९० नम्बरको मोटरसाइकल, नगद ५३ हजार रुपैयाँ, अमेरिकी डलर ३ सय, चाइनिज युयान २ सय र एपिवान टेलिभिजनको प्रेस कार्ड १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
लकडाउनको मौका छोपी रात र दिनमा समेत चोरी हुने गरेको घटना नियन्त्रणका लागि खटिएको प्रहरीले अनुसन्धानको क्रममा चोरीमा संलग्न ब्यक्तिहरुले प्रहरीबाट उम्कन एपी वान टेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकार समेत बताएको र झोला जाँच गर्दा उक्त चोरीका सामान फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया