कोरोना विश्व अपडेट: ५० लाख बढीमा फैलियो संक्रमण, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण विश्वभर ३ लाख २६ हजार ९ सय ३ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५० लाख ३९ हजार ५ सय ९३ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमित मध्ये ४५ हजार ४ सय ६९ जना मानिसको अवस्था गम्भीर रहेको छ । भने १९ लाख ९० हजार ५७ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वको सबैभन्दा बढी कोरोनाको असर संयुक्त राज्य अमेरिकामा देखिएको छ । जहाँ यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ९३ हजार ८ सय ५८ जना मानिसको ज्यान गइसकेको छ । त्यस्तै १५ लाख ७६ हजार ९ सय ५० जना मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा ६ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण देखिएको र ३ सय २५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकामा ३ लाख ६४ हजार २ सय ६३ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये १७ हजार २ सय ४९ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरले देखाएको छ ।

रसियामा बितेको २४ घण्टामा ८ हजार ७ सय ६४ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ८ सय ७ सय ५ पुगेको छ । हालसम्म रसियामा कोरोनाको कारण २ हजार ९ सय ७२ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म रसियामा ८५ हजार ३ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने २ हजार ३ सय मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र रसियामा कोरोनाको कारण १ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार ७ सय ७८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै त्यहाँ हालसम्म १ लाख ९६ हजार ९ सय ५८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म स्पेनमा २ लाख ७८ हजार ८ सय ३ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै संक्रमित मध्ये १ हजार १ सय ५२ जना मानिसको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण १८ हजार १ सय ३० जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ३ हजार ४ सय ९७ जना मानिसमा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय ८२ पुगेको छ । हालसम्म त्यहाँ १ लाख ६ हजार ७ सय ९४ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण १ सय ४७ जनाको ज्यान गुमाएका छन् । संक्रमित मध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ३५ हजार ३ सय ४१ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म २ लाख ४८ हजार ८ सय १८ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । भने संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३२ हजार १ सय ६९ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म त्यहाँ १ लाख २९ हजार ४ सय १ जना कोरोना उपचार गरि फर्किएका छन् । भने २ लाख २६ हजार ६ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमित मध्ये ७ सय १६ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै फ्रान्समा हालसम्म १ लाख ८० हजार ८ सय ९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २८ हजार २२ जनाले ज्यान गुमाएका छन् । वल्डोमिटरको तथ्यांक अनुसार त्यहाँ हालसम्म ६२ हजार ५ सय ६३ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमित मध्ये १ हजार ८ सय ९४ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

जर्मनीमा बितेको २४ घण्टामा ३ सय ४३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । हालसम्म ८ हजार २ सय १३ जना मानिसले कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेको अवस्थामा १ लाख ७८ हजार १ सय ७० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ५६ हजार ९ सय मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २० जनाको ज्यान गएको छ भने १ हजार १ सय १५ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ३ हजार ४ सय २६ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय २७ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ६ सय २ पुगेको छ ।
त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय २४ जनाको ज्यान गएको छ । हालसम्म ४५ हजार २ सय १६ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?