धम्बोझी । बर्दियाको गेरुवा गाउँपालिकामा आज आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गेरुवा–६ लाहुरपुर निवासी टीका सुनारको घर जलेको हो ।
आगलागीबाट दश लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए। मानवीय क्षति भने नभएको बताइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया