काठमाडौँ, २ फागुन – नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) वीच प्रस्तावित एकताको विषय टुग्यांउने जिम्मेवारी एकता संयोजन समितिलाई दिइएको छ । दुई दलका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मङ्गलवार भएको भेटमा एकीकरणको विधि र प्रक्रियामा छलफल गरी त्यसको अन्तिम रुप दिने जिम्मेवारी एकता संयोजन समितिलाई दिइएको हो दुई अध्यक्षबीच सोमवार पनि वार्ता भएको थियो । त्यहीअनुसार एकताका विषयमा मङ्गलवार छलफल टुङ्गयाउने सहमति भएको थियो । माओवादी अध्यक्ष प्रचण्डले पनि जनयुद्ध दिवसकै दिन एकता प्रक्रिया टुङ्गो लगाउने धारणा राखेका थिए । तर एकताको मोडालिटी र सैद्धान्तिक पक्षमा दुई नेताबीचमा भएको छलफलमा सहमति नभएपछि थप गृहकार्यका लागि संयोजन समितिलाई जिम्मेवारी दिइएको हो ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा लगभग आधा घण्टा दुई अध्यक्षबीच छलफल भएको थियो । एमालेका सचिव प्रदीप ज्ञवालीले सोमवार भएको छलफललाई कसरी अन्तिम रुप दिने भन्ने विषयमा दुई नेता बीच कुराकानी भएको जानकारी दिए दुई अध्यक्षबीच बुधबार तीन बजे संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय गरेको जानकारी उनले जानकारी दिए । नेतृत्वको मोडालिटीको विषयमा जिज्ञासा राख्दा उनले दुई जना अध्यक्षले संयुक्त रुपमा पार्टीको नेतृत्व गर्ने लगभग सहमति भएको र त्यसका प्राविधिक कुरा मिलाउन बाँकी रहेको जानकारी दिए पार्टी एकता संयोजन समितिमा ओली र प्रचण्डसहित एमालेबाट नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा ‘बादल’ रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया