काठमाडौं । काठमाडौं बालाजुस्थित माछापोखरी क्षेत्रमा दुई दिनअघि गरिएको आरडीटी परीक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएपनि पीसीआर नतिजा भने नेगेटिभ आएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले आज आएको रिपोर्टमा आरडीटीमा पोजेटिभ आएकाहरुको पीसीआरमा भने नेगेटिभ आएको बताए ।
रिपोर्टसँगै आफ्नो वडाका नागरिक आत्तिनु पर्ने अवस्था नदेखिएको बताए । यद्यपि सबै सावधान हुँदै कोरोनाविरुद्धको लडाइमा एकताबद्ध हुन अनुरोध गरे ।
आइतवार माछापोखरी क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको थियो । जसमा अहिले सबैको रिपोर्ट नेगेटिभ आएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया