काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।
प्रदेश नम्बर १ मा आज (मंगलवार) थप ११ सहित नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार भेटिएका संक्रमितहरु कपिलवस्तुका ४ जना, सुनसरीका १, झापाका ९, सर्लाहीका २, काठमाडौंका ३, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १,नवलपरासीका १, ललितपुरका १ र भक्तपुरका १ जना हुन् ।
कोशी अस्पताल विराटनगरको प्रयोगशाला र भैरहवाको प्रयोगशालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा सोमवार मात्र ८० जनामा कोरोना संक्रमण देखिएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । हालसम्म २ जनाको कोरोनाको कारण ज्यान गएको छ । ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया