चीनले विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर दिने

चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई २ अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ ।
उक्त रकम दुई वर्षभित्र प्रदान गर्ने निर्णय चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बताएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ नियन्त्रण तथा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय निकायलाई चीनले उक्त रकम सहयोग गरेको चीनको भनाइ छ । एजेन्सीलाई उदृत गर्दै कान्तिपुरमा योखबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?