बारामा भेटियो बेवारिसे पैसा, कस्ले फाल्यो ती पैसा ?

काठमाडौं । बाराका सडकमा बेवारिसे पैसाहरुभेटिएका छन्  । बारास्थित आदर्श कोतवाल गाउँपालिका–८ मा रहेको कोत्वाली गाउँमा वेबारिसे अवस्थामा पैसाहरु फेला परेका हुन् ।

आइतवार बिहान त्यहाँ ५ सयको १६ थान नोट बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसरी बाटोमा वेबारिसे अवस्थामा पैसा भेटिएसँगै स्थानीयमा त्रास फैलिएको छ ।

उक्त पैसा कसैको खसेको हुन सक्ने भन्दै प्रहरीले जम्मा गरेर प्लास्टिकमा पोको पारेर राखिएको जनाएको छ ।

यस अघि धनुषाका २ महिलाले त्यहाँको सडकमा पैसा फालेका थिए । उनीहरुको परीक्षण गर्दा आरडिटी पोजेटिभ आएको थियो । पछि उनीहरुको आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै घर फर्काइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?