जुम्ला । कर्णाली सरकारले वैशाख २२ देखि एक सातासम्म प्रदेशका सबै नाका सिल गरी विभिन्न २७ स्थानमा चिकित्सकसहित मेडिकल टोली खटाएको थियो ।
ग्रामीण क्षेत्रमा स्वाब सङ्कलन कार्य पनि तीव्र पारिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिबारसम्म दुई हजार ७६३ को पिसीआर परीक्षण गरिएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सङ्कलन गरेका एक हजार २८९ र सुर्खेतस्थित प्रदेश प्रयोगशालाले सङ्कलन गरेका एक हजार ४७४ स्वाबको परीक्षण गरिएको हो । प्रदेशभर करिब आठ हजार जनाको आरडिटी गरिएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले भारतबाट मान्छे आउने क्रम शुरु भएपछि कर्णालीमा चुनौती थपिएको बताइन् ।
“पहिलो चरणमा हामीले भारतलगायत विदेशबाट आएका व्यक्तिको परीक्षण गरेका थियौँ, यसले केही हदसम्म कोरोनाबाट सुरक्षित बनाएको थियो । फेरि भारतबाट आउने क्रम शुरु भएपछि जोखिमको बढेको छ”, निर्देशक भण्डारीले भनिन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया