काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ३ लाख १० हजार ६ सय १६ जना मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४६ लाख ८१ हजार ६ सय ६२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित मध्ये ४४ हजार ८ सय ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने १७ लाख ९० हजार ५ सय ६८ जान मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोनाको असर बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ८८ हजार ९ सय ३० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ९ हजार ४ सय ९ जना संक्रमित थपिएसँगै १४ लाख ९३ हजार ६ सय ९४ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ४ सय २३ जनाको ज्यान गएको छ ।
त्यस्तै हालसम्म ३ लाख २९ हजार ८ सय २३ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म १६ हजार ६० जना मानिसको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार ५ सय ६३ जना मानिसको ज्यान गएको र २ लाख ७६ हजार ५ सय ५ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र २ हजार १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको र १ सय ४ जनाको मृत्यु भएको छ । हालसम्म १ लाख ९२ हजार २ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ हजार २ सय ८ जनाको अवस्था गम्भीर रहेको छ ।
रसियामा बितेको २४ घण्टामा ९ हजार २ सय जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३ पुगेको छ । हालसम्म २ हजार ५ सय ३७ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ भने २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र रसियामा कोरोनाको कारण १ सय १९ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ३४ हजार ४ सय ६६ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ हजार ४ सय ५० संक्रमित थपिएसँगै कुल २ लाख ४० हजार १ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ यो समाचार तयार पार्दासम्म १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ । बितेको २४ घण्टामा मात्र बेलायतमा ४ सय ६८ जनाको ज्यान गएको छ । तर हालसम्म बेलायतमा कोरोना उपचारपछि निको भएर कोहिपनि फर्किएका छैनन् ।
त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ३१ हजार ७ सय ६३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ८ सय ७५ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७ सय ६० पुगेको छ । भने १ सय ५३ जनाको बितेको २४ घण्टामा कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १ लाख २२ हजार ८ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किसकेको साथै ७ सय ७५ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
ब्राजिलमा बितेको २४ घण्टामा ४ हजार ६ सय ५४ जनामा कोरोना संक्रमण देखिएको र २ सय २९ जनाको ज्यान गइसकेको छ । हालसम्म त्यहाँ २ लाख २२ हजार ८ सय ७७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ भने १५ हजार ४६ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । हालसम्म त्यहाँ कोरोना उपचारपछि ८४ हजार ९ सय ७० जना घर फर्किएका छन् ।
फ्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण २७ हजार ५ सय २९ जनाको ज्यान गइसकेको छ भने १ लाख ७९ हजार ५ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म ६० हजार ४ सय ४८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै २ हजार २ सय ३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण २ हजार ८ सय ५७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ४ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल ९० हजार ३ सय ४३ पुगेको छ ।
त्यस्तै भारतमा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४ जनाको ज्यान गइसकेको छ । भने ३३ हजार ६ सय ५७ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै जर्मनीमा कोरोनाको कारण हालसम्म ८ हजार १ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा १ सय ४४ जना कोरोना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ७५ हजार ८ सय ४३ जना पुगेका छन् । बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कारण ४१ ज्नाको ज्यान गएको र १ लाख ५२ हजार ६ सय जना मानिस उपचारपछि निको भएर घर फर्किएको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया