नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २ सय ८१ पुगे

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा २८१ कोरोना संक्रमित मध्ये ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

 

 

Image may contain: text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?