काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मीटर) नेपालमा पर्छ, यो सत्य हो । नेपाललाई विश्वमा चिन्ने र चिनाउने एक माध्यम सगरमाथा पनि हो ।
विश्वको अग्लो चुचुरो नचिन्ने पनि सायदै होला । तर, गुगलले सार्वजनिक गरेको नयाँ नक्सामा सगरमाथालाई नेपालबाट हटाइएको छ ।
गत २ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्वीर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर (माउन्ट एभरेष्ट) सगरमाथा चीनमा पर्छ भनेर भनेको थियो ।

यो ट्वीटपछि चीनको चर्को आलोचना भएको थियो र ट्वीट सच्चाउँदै सगरमाथा चीन र नेपालको सीमामा पर्छ भनेको थियो ।
गुगलको नक्सामा सगरमाथा नेपालबाट हट्नुले गम्भीर प्रश्न उब्जाएको छ ।
भारतले नेपालको भूमीमा बाटो खनेर उद्घाटन गरेर मिचाहप्रवृत्ति दोहोर्याएको केहि दिन नबित्दै गूगल म्यापले सगरमाथा चीनमा देखाएपछि सामाजिक सञ्जालमा यसको व्यापक बिरोध र आलोचना भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया