काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार महोत्तरीका ५२ वर्षिय पुरुष र काभ्रेका २६ वर्षिय पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १७८ पुगेको छ ।
काभ्रेमा पहिलोपटक कोरोना देखिएको हो । योसँगै नेपालका २७ जिल्लामा कोरोना देखिएको छ ।
पर्सा ९१
रुपन्देही २८
उदयपुर ३३
कपिलवस्तु ४२
बाँके ३३
काठमाडौं ९
धादिङ १
कैलाली ४
बारा ३
धनुषा ४
रौतहट ३
बाग्लुङ २
चितवन ३
झापा २
महोत्तरी ३
भक्तपुर २
बर्दिया २
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) १
सप्तरी १
सर्लाही २
पूर्वी नवलपरासी १
मकवानपुर १
दाङ ३
सिरहा १
काभ्रेपलाञ्चोक १
हालसम्म कर्णालीबाहेक सबै प्रदेशमा कोरोना फैलिएको छ । नेपालमा केहि दिनअघि विदेशबाट स्वास्थ्य सामाग्री ल्याएपछि परीक्षणको दायरा बढाइएको छ ।
यसरी दायरा बढाईदै लैजाँदा संक्रमित तिव्र गतिमा बढीरहेका छन् । आजै मात्र नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो शुक्रबार बिहान ९ र बेलुका ९ गरी एकैदिन १८ जनामा संक्रमण देखिएको थियो ।
संक्रमितमध्ये ३६ जना निको भएका छन् । उनीहरुमध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन् ।
प्रदेश नम्बर १ मा ३६ जना, प्रदेश २ मा १०९ जना, वाग्मती प्रदेश १६ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १०९ जना, सुदूरपश्चिमप्रदेशमा ५ जना गरी कुल २ सय ७८ जना संक्रमित रहेका छन् ।
धुलिखेल अस्पतालमा मृतक महिलाको रिपोर्ट आउन बाँकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृतक महिलाको रिपोर्ट आउँन बाँकी रहेको बताएको छ ।
धुलिखेल अस्पतालमा उपचारको क्रममा सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीय महिलाको बिहीवार मृत्यु भएको थियो । उनको मृत्यु कोरोना या अन्य कारण एकिन नभइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार उनी गत बैशाख २५ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएर घर फर्किएकी थिइन् । स्वास्थ्यमा थप समस्या देखिएपछि काभ्रेको धुलिखेल अस्पतालमा बिहीवार भर्ना गरिएको थियो ।
उनको उपचारको क्रममा गत बिहीवार निधन भएको तर मृत्युको कारण कोरोना या अन्य एकिन नभइसकेको मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।
यो पनि पढ्नुहोस् : फेरी २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो
टिचिङ अस्पताल ‘सील’ गर्ने तयारी, बिरामी तथा कुरुवा क्वारेन्टाइनमा
यी २ देश जहाँ १ जना मात्र कोरोना संक्रमित छन्
कोरोना अपडेट : यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया