काठमाडौं । सिरहामा आज एक संक्रमित थपिएसँगै नेपालका २६ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।
नेपालमा आज ६ नयाँ संक्रमित थपिएसँगै जम्मा कोरोना संक्रमितको संख्या २७३ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सिरहा सखुवा १९ निवासी ३० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएसँगै प्रदेश नम्बर २ का सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
आज विहान मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज भेटिएका संक्रमितहरु बर्दिया नार्खु ११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्सा, विरगञ्ज १२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर ४ निवासी १८ वर्षीया महिला, चितवन, गढौली १ निवासी २५ वर्षीया महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
आज विहान प्रदेश नम्बर २ को सिराहा मा कोरोना संक्रमण पाइएसँगै नेपालमा २६ जिल्लामा कोरोना फैलिएको छ भने कर्णालीबाहेक सबै प्रदेशमा यो संक्रमण फैलिएको छ ।
पर्सा-९१
रुपन्देही-२८
उदयपुर-३३
कपिलवस्तु-३९
बाँके-३३
काठमाडौं-९
धादिङ-१
कैलाली-४
बारा-३
धनुषा-४
रौतहट-३
बाग्लुङ-२
चितवन-३
झापा-२
महोत्तरी-२
भक्तपुर-२
बर्दिया-२
भोजपुर-१
कञ्चनपुर-१
नवलपरासी (पश्चिम)-१
सप्तरी-१
सर्लाही-२
पूर्वी नवलपरासी-१
मकवानपुर-१
दाङ-३
सिरहा-१
जना गरी कुल २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया