प्युठान । यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटी) गर्दा एन्टीबडी पोजेटिभ देखिएका ११ जनाको स्वाब परीक्षण (पिसिआर) नेगेटिभ आएको छ ।
प्युठान नगरपालिकाका गुरीगाउँ, धगे र बुढादेवीको क्वारेन्टाइनमा रहेका आठ पुरुष र तीन महिलामा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसहितको स्वाब सङ्कलन गरिएको थियो ।
क्वारेन्टाइनमा रहेका २८ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए। बिहीवार १७ जना र शुक्रवार ११ जनाको नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।
जिल्लामा हालसम्म ९९ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकामा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने आठ जनाको आउन बाँकी छ ।
आठ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बुधवार स्वाब पठाइएको छ । त्यसैगरी आरडिटी रिपोर्ट पोजेटिभ देखिएका १३ जना सबैको पिसिआर रिपार्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया