कोही भोकै पर्दैन, भोकले कोही मर्दैनः राष्ट्रपति

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताएकी छिन् । उनले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो ।’

यस्तै उनले बेरोजगारीको जोखिम हटाउनको लागि सरकारले ति युवाशक्तिलाई व्यवसायिक कृषि, स्थानीय पूर्वाधारको व्यापक प्रयोग गरी, उत्पादन बढाईने, उत्पादनमुलक उद्यममा लगाउने, प्राविधीक सिप र ज्ञान दिईने र श्रमको उच्च मूल्याकंन हुने वातावरण बनाउने गरी सरकारले तयारी गरेको र सोहीअनुसारको कार्यक्रम ल्याईने बताएकी छिन् ।

सरकारले सीप भएकालाई उद्यम गर्न सुरुवाती पूँजी उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ। उनीहरुलाई प्रविधि हस्तान्तर, बजारीकरणका कार्यक्रमसँग जोडिने छ। सबै प्रदेशमा संरचना विस्तार गरिनेछ। पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड १९ का कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?