सवारी पास पाएपछि पूर्वराजा काठमाडौं फर्कींदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्कने सवारी पास पाएका छन्।

पास पाएसँगै उनी आज विहान झापाबाट काठमाडौंका लागि प्रस्थान गरेको बताइएको छ ।

पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि दिएको सवारी पास बिहीवार रद्ध भएसँगै उनीहरु झापामै रहेका थिए ।

गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले बिहीवार नै जारी गरेको पास सोहि दिन रद्ध गरेको थियो ।

पूर्वराजालाई पास दिने गृहको आदेश पछि मात्र जिल्ला प्रशासनले उनलाई पास दिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?