पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं आउनबाट रोक, प्रशासनद्वारा पास रद्द

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमललाई झापाबाट काठमाडौं आउन पास जिल्ला प्रशासन कार्यालयले रद्द गरेको छ । लकडाउन अगाडि नै झापा पुगेका पूर्वराजा रानी झापामा बस्दै आइरहेका थिए । स्रोतका अनुसार लकडाउनको अवधि बढ्दै गएपछि उनीहरु काठमाडौं आउन खोजेका थिए ।

गृह मन्त्रालयले निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् । अनुमतिपत्रका लागि निवेदन दिएपछि प्रशासन कार्यालयले तत्काल पास उपलब्ध गराएको थियो । तर फेरी प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो ।

पूर्वराजा रानी हाल झापामा रहेको उनीहरु पूर्वराजपरिवारको चियावगानको घरभित्र बसिरहेका स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?