स्वास्थ्य मन्त्रालयको गल्तीका कारण अद्यावधिक डाटामा त्रुटी, संक्रमित २४५ मात्रै

काठमाडौं । बिहीवार स्वास्थ्य मन्त्रालयले निकालेको सूचनामा ५ कोरोना संक्रमण पुष्टि भनिएकाहरु यस अगाडिकै रहेको खुलेको छ ।

बिहीवार विहान स्वास्थ्य मन्त्रालयले निकालेको सूचनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणका क्रममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो ।

मन्त्रालयले बिहीवार विहान एक सूचना जारी गर्दै सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका ४० वर्षीय पुरुष र २० वर्षकी महिला, महोत्तरीका १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । तर त्यसको केहि समय पछाडी मन्त्रालयले पुनः एक सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २४५* नै रहेको र प्राविधिक कारणले त्रुटि हुन गएको भन्दै नोटिस निकालेको छ ।

Image may contain: text

*नोट : यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना डाटा अपडेट भन्दै विवरण अध्यावधिक गर्दा नेपालमा कुल संक्रमित २ सय ४५ हुनुपर्नेमा हाम्रो पछिल्ला ३ वटा समाचारमा पनि स्वास्थ्य मन्त्रालयले भनेबमोजिम २सय ५० भएकोले गल्ती सच्चाइएको छ ।-सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?