प्रदेश नम्बर २ मा १०३ पुगे संक्रमित, अहिलेसम्म कुन प्रदेशको अवस्था कस्तो ?

काठमाडौं । प्रदेश नम्बर २ मा मात्रै कोरोना संक्रमितको संख्या १०० नाघेको छ ।

आज (बिहीवार) विहान धनुषा, महोत्तरी र सर्लाहीमा गरि ५ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश नम्बर २ मा कुल कोरोना संक्रमतको संख्या १०३ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पर्साको वीरगञ्जबाट खाता प्रदेश नम्त्रर २ मा खाता खोलेको कोरोना भाइरसको संक्रमणले अहिलेसम्म आइपुग्दा प्रदेशमा ७ जिल्लाका नागरिकहरुमा आफ्नो प्रकोप फैलाईसकेको छ ।

अहिलेसम्मको विवरण अनुसार प्रदेश नम्बर २ को सिरहामा भने कोहि संक्रमित फेला परेका छैनन् ।

८ वटा जिल्ला रहेको प्रदेश नम्बर २ मा पर्सामा ८५, धनुषामा ५, महोत्तरीमा ४, बारामा ३, रौतहटमा ३, सर्लाहीमा २ र सप्तरीमा १ गरि कुल १०३ जनालाई संक्रमण भएको छ ।

प्रदेश नम्बर २ पछि भने प्रदेश ५ मा धेरै संक्रमित रहेका छन् । प्रदेश नम्बर ५ मा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै प्रदेश नम्बर १ मा ३५, बाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् भने कर्णाली प्रदेशमा अहिलेको अवस्थासम्म कोहि पनि कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?