पाँच राजनीतिक दलबाट उम्मेदवार सिफारिस

काठमाडौँ, २९ माघ – पाँच राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नाम सिफारिस गरी निर्वाचन आयोगमा पेश गरेका छन् आयोगले समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनोट गरी निर्वाचित हुने उम्मेदवारको नाम सिफारिश गर्न तीन दिन दिएको थियो । गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पाँच राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका थिए माघ २६ गते बसेको आयोग बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिबाट निर्णय गरी तीन दिनभित्र अर्थात् आज साँझ ५ बजे (कार्यालय समय) भित्र नामावली आयोगमा पेश गर्न आग्रह गरेको थियो पेश गरिएको नामावलीलाई आयोगले समावेशी समूह र क्रमअनुसार मिले÷नमिलेको जाँच गरी नमिलेका राजनीतिक दललाई सच्याएर ल्याउन पुनः दुई दिनको समय दिनुपर्ने कानूनी व्यवस्था भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?