काठमाडौं – विश्वभर जटिल स्वास्थ्य चुनौति बनेर आएर कोरोना भाइरस ‘कोभिड – १९’ बाट विश्व आक्रान्त छ । नेपाल पनि यो महामारीसँग जुधिरहेको छ । यसैबीच नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण २० देखि ५० वर्ष उमेर समूहका मानिसमा बढी देखिएको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘वयस्कमा कोरोना संक्रमण देखिँदैन भन्ने भ्रममा नपर्न सबैसँग अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा हालसम्म दुई महिनाको शिशुदेखि ८१ वर्षका वृद्धालाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै भने, – “वयस्क युवाहरूले र तन्दुरस्त छु, कोरोना संक्रमण हुँदैन भन्ने गरेको सुनियो तर त्यो सबै भ्रम मात्र हो ।
हुनपनि आज सोमबार थपिएका संक्रमितमध्ये अधिकांशको वयस्क उमेर छ । केहि बेरअघि मात्रै मन्त्रालयले दिएको जानकारीअनुसार कपिलवस्तु, यशोधरा गाउँपालिका ८ र बुद्धभुमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ बर्षीय पुरुषहरूस रुपन्देही, समरीमाई गाउँपालिका७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० बर्षीय पुरुषहरूस बर्दिया, राजापुर ५ निवासी ११ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
विश्व र नेपालकै तथ्याङ्क हेर्दा शिशुदेखि वृद्धवृद्धा सबैलाई कोरोना संक्रमण देखिएको डाक्टर देवकोटाको भनाई छ । उनले भने, “नेपालमा कोरोना संक्रमण देखिएकाहरूको तथ्याङ्क हेर्दा २० देखि ५० वर्ष उमेरका मानिसहरूमा बढी देखिएको छ ।”
उनले थपे, धूमपान र सुर्तिजन्य पदार्थको सेवन गर्नेमा कोरोना भाइरसको संक्रमण बढी हुन्छ । उनले सबैमा धूमपान, सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्न सबैलाई उनले अनुरोध गरे ।
यसअघि आजै (सोमबार) नै ११ जनामा संक्रमण पुष्टि भएको थियो। आजै २४ जना नयाँ संक्रमित थपिएसँगै पुष्टि भएका संक्रमितको संख्या एक सय ३४ पुगेको छ।
यसअघि आजै बिहान थपिएका सबै कपिलवस्तु जिल्लाका हुन्। आज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १० जनामा संक्रमण देखिएको हो। संक्रमितहरु सबै पुरुष हुन्।
संक्रमितहरुको उमेर १८ वर्षदेखि ३४ वर्षका छन्।
बर्दियामा पहिलोपटक देखियो कोरोना
बर्दियामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार साँझ बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बर्दियासहित कपिलवस्तुका ६, रुपन्देहीका ६ जना गरी १३ जनामा सोमवार साँझ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै मन्त्रालयको विज्ञप्तीमा लेखिएको छ- ‘संक्रमित बर्दिया, राजापुर ५ निवासी ११ वर्षीया महिला हुनुहुन्छ।’तस्वीर:एजेन्सी
बेलायतमा कोरोनाले लियो ६० नेपालीको ज्यान
बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या ६० जना पुगेको छ । बेलायतस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार ६० नेपालीको मृत्यु भएको हो ।
मृतकमा धेरैजसो ५० वर्षमाथिका र पूर्व गोर्खा रहेका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको बेलायत नै भएको बताइएको छ ।
विश्वभर संक्रमितको संख्या झनै बढ्न थाल्यो
कोरोना भाइरसको महामारीले अहिले सारा विश्व तहसनहस बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण २ लाख ८४ हजार ४४८ जनाको मृत्यु भएको छ भने ४२ लाख १० हजार ३१८ जनालाई संक्रमण भएको छ ।
अहिलेसम्म १५ लाख ५ हजार ९४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४७ हजार ८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८० हजार ७८९ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ६८ हजार ३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै कोरोना भाइरसको महामारीका कारण २ जनाको मृत्यु भएको छ भने ३९८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ २ लाख ५६ हजार ३३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार ७४४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६८ हजार १४३ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १२३ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ४८० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा १ लाख ७७ हजार ८४६ जना संक्रमित स्वास्थ्योपचार पछि निको भएका छन् भने ११ हजार ६५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण आज मात्रै ९४ जनाको मृत्यु भएको छ भने ११ हजार ६५५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै त्यहाँ अहिलेसम्म २ हजार ९ जनाको मृत्यु भईसकेको छ भने २ लाख २१ हजार ३४४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३९ हजार ८०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेलायतमा अहिलेसम्म ३१ हजार ८५५ जनाको मृत्यु भईसकेको छ भने २ लाख १९ हजार १८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३० हजार ५६० जनाको मृत्यु भईसकेको छ भने २ लाख १९ हजार ७० जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५ हजार १८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार ३८० जनाको मृत्यु भईसकेको छ भने १ लाख ७१ हजार ९९९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५६ हजार २१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५६९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७१ हजार ९९९ जनालाई संक्रमण भउको छ ।
त्यहाँ आज मात्रै १२० जना नयाँ संक्रमित थपिएका छन् भने १ लाख ४५ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ११ हजार २०७ जनाको मृत्यु भएको छ भने १ लाख ६३ हजार ५१० जनालाई संक्रमण भएको छ । त्यहाँ ८४ जनाको आजै मृत्यु भएको छ भने ८११ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ ६४ हजार ९५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ७८६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३८ हजार ६५७ जनाालई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ ९२ हजार ६९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ६८५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९ हजार २८६ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १ हजार ६८३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४५ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ८७ हजार ४२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७०३ जनाको वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै चीनमा कोरोना भाइरसको कारण ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ९१८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ७८ हजार १४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ८७० जनाको मृत्यु भएको छ भने ६८ हजार ८४८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ ३२ हजार ९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार २१५ जनाको मृत्यु भईसकेको छ भने ६७ हजार ७२४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ आज मात्रै थप ३ जनाको मृत्यु भएको छ भने ५६३ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २१ हजार १५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कराण अहिलसम्म १ हजार ८८९ जनाको मृत्यु भईसकेको छ भने ६७ हजार ३७० जनालाई संक्रमण भएको छ ।
त्यहाँ यो समाचार तयार पार्दासम्म त्यहाँ २१ हजार ३४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७०७ जनाको मृत्यु भईसकेको छ भने ५३ हजार ४४९ जनालाई संक्रमण भएको छ । त्यहाँ ३६८ जना नयाँ संक्रमित थपिएका छन् भने ५१ जनाको आजै मृत्यु भएको छ ।
त्यस्तै त्यहाँ १३ हजार ६९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ५ हजार ४५६ जनाको मृत्यु भईसकेको छ भने ४२ हजार ७८८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १६ जनाको मृत्यु भएको छ भने आजै त्यहाँ १६१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ४६५ जनाको मृत्यु भईसकेको छ भने ३५ हजार २२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ हजार ५६२ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ११२ जनाको मृत्यु भएको छ । त्यहाँ २३ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
आज मात्रै विश्वमा यो समाचार तयार पार्दासम्म ९९८ जनाको मृत्यु भईसकेको छ भने ३९ हजार १९४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच नेपालमा पनि कोरोना भाइरसको महामारीका कराण यो समाचार तयार पार्दासम्म १३४ जनालाई संक्रमण भएको छ भने ३३ जना स्वास्थ्योपचार पछ निको भएर घर फर्किएका छन् ।
संक्रमित पुरुषको वीर्यमा पनि देखियो कोरोना, यौन सम्पर्कबाट सर्नेबारे अध्ययन थालियो
कोरोना भाइरस निकै संक्रामक प्रकृतिको भएका कारण पनि यस भाइरसको नाम सुन्नेबित्तिकै मानिसहरु डराउँछन् ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको भाइरस विश्वका २ सय १२ देशमा पुगीसकेको छ । हालसम्मकै सबैभन्दा खतनाक स्वास्थ्य चुनौति थपेको यस भाइरसका विषयमा निरन्तर खोज भइरहेका छन्।
तर विडम्बना वैज्ञानिक र डाक्टरहरुले यसविरुद्धको भ्याक्सिन बनाउन असमर्थ रहेका छन् । तर चीनले यसविरुद्धको भ्याक्सिन बाँदरमा परीक्षण गरिरहेको छ भने अर्को विज्ञ टोली र ईटलीमा मुसामा परीक्षण भइरहेको छ ।
यो विषम परिस्थितीमा वैज्ञानिकले अर्को तथ्य सार्वजनिक गरेका छन् ।
संक्रमित पुरुषको विर्यमा कोरोना भाइरस रहिरहन सक्दछ । निको हुन लागेका पुरुषको वीर्यमा भाइरस रहिरहनसक्ने चिनियाँ अनुसन्धानकर्ताहरुको नयाँ अध्ययनले देखाएको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार यौन सम्पर्क मार्फत पनि कोरोना सर्नसक्ने सम्भावना हुन्छ ।
यो भाइरस हाच्छ्यु गर्दा, खोक्दा, हात मिलाउँदा अंकमाल गर्दा सर्न सक्ने भएकोले मानिसहरुमा सामाजिक दूरी कायम गर्न सरकारले समेत भनिरहेको परिप्रेक्ष्यमा अहिले यो नतिजा बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले जनाएको छ ।
कोरोनाको महामारी उच्च रहेको बेला अर्थात् जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ जना पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गर्दा यो शंका पुष्टि भएको हो ।
त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको थियो । तीमध्ये एक चौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा थिए ।
‘कोभिड–१९ भएका बिरामीको विर्यमा सार्स–कोभ–२ देखिन सक्ने भेटियो र निको हुँदै गरेका बिरामीमा पनि यस्तो देखिनसक्ने पाइयो,’ बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लि र उनको टोलीले लेखेको सिएनएनले जनाएको छ ।
यसअघि पनि इबोला र जिका भाइरस दुबै विर्यसम्म फैलिएको देखिएकोमा यसको पनि अनुसन्धान थालिएको थियो ।
.jpg)
यसबारेमा थप अनुसन्धान भने भइरहेको छ । तसर्थ विर्यबाट कोरोना फैलने विषय भने अझै पूर्ण रुपमा पुष्टि हुन जरुरी छ। ति अनुसन्धानकर्तालाई उदृदद गर्दै दि गार्जियनले लेखेको छ ।
‘यदि भविष्यमा सार्स–कोभ–२ यौन सम्पर्कमार्फत फैलन्छ भनेर प्रमाणित भयो भनेर रोकथामका हकमा यौन सम्पर्क गम्भीर पक्ष हुनेछ,’ टोलीले लेखेको छ ।
यौन सम्पर्क नगर्ने वा कण्डमको प्रयोग गर्ने विषय रोकथामका लागि अबलम्बन गर्न सकिने यो टोलीले जनाएको दि कन्र्भरसेसन डटकमले लेखेको छ ।
यसअघि प्रकाशित यो समाचार छुट्यो कि ?
कोरोना विरुद्धको ‘भ्याक्सीन’ बनेको चिनियाँ वैज्ञानिकको दाबी, मुसा र बाँदरमा परिक्षण सफल
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो
बर्दियामा पहिलो पटक देखियो कोरोना, नेपालमा आजै थपिए २४ संक्रमित
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया