हेटौंडा, २९ माघ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनियताको सपथ दिलाएकी हुन् उनले आजै पदभार ग्रहण गर्नेछन् । प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् पौडेललाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ । पौडेललाई समर्थन गरेको माओवादीले मन्त्रीको नाम भने नदिएका कारण सरकारमा जानेबारे प्रष्ट देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया