विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ५८ हजार ८४० जनाको मृत्यु भईसकेको छ भने ३७ लाख ४२ हजार ५८५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १२ लाद ४८ हजार ७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४९ हजार २३५ जनको स्वास्थ्यअवस्था गम्भीर रहेको छ ।
यसैबीच पछिल्लो समय कोरोना भाइरसको टार्गेट बन्दै गएको रुसमा आज पनि १० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
आज रुसमा १० हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् भने आजै रुसमा थप ८६ जनाको मृत्यु भएको छ ।
रुसमा अहिलेसम्म् कोरोना भाइरसको महामारीका कारण १ हजार ५३७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ९२९ जनालाई संक्रमण भएको छ ।
रुसमा १ हजार १३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । मंगलवार पनि रुसमा १० हजार १०२ जना नयाँ संक्रमित थपिएका थिए भने ९५ जनाको मृत्यु भएको थियो ।
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया