रुस बन्यो कोरोनाको पछिल्लो टार्गेट : एकैदिन झन्डै १० हजार संक्रमित थपिए

विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ४० हजार ३८० जनाको मृत्यु भएको छ भने ३४ लाख २४ हजार २१० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ९३ हजार ७०४ जना उपचार पछि निको भएका छन् भने विश्वमा ५१ हजार १८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीले अत्याधिक प्रकोप फैलाएको छ ।

रुसमा यो समाचार तयार पार्दासम्म १ हजार २२२ जनाको मृत्यु भईसकेको छ भने १ लाख २४ हजार ५४ जनालाई संक्रमण भएको छ ।

आज मात्रै रुसमा ५३ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ ९ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् । २ रुसमा २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?

कोरोना महामारीका बीच चीनले गर्यो शक्ति प्रदर्शन, विश्वमा फैलियो त्रास

लकडाउन असर : भोकले तड्पिरहेका बच्चालाई खुवाउन आमाले पकाईन् ढुङ्गा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?