लकडाउन असर : भोकले तड्पिरहेका बच्चालाई खुवाउन आमाले पकाईन् ढुङ्गा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा धेरै असर असहाय, आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरुलाई परेको छ ।

उनीहरुको अवस्था जीवन जिउनको लागि २ वटा रोटी समेत पाउन मुश्किल भएको छ । कोरोनाको संकटले गरिव तथा विपन्न परिवारमा ढुङ्गा उमाल्नु परिरहेको अवस्था छ ।

पेनिना बहाती कित्साओ नामकी विधवा महिला ८ बच्चाकी आमा हुन् । उनी अन्य मानिसको घरमा गएर कपडा धोएर आफ्ना बच्चाहरुलाई पाल्दै आएकी थिइन् ।

तर लकडाउनले गर्दा उनी घरमै रहन बाध्य भईन् कुनै काम गर्न नपाएपछि घरमा खानेकुरा सबै सकियो । जसका कारण उनको परिवारमा रोजीरोटीको संकट बढ्दै गयो ।

घरमा खानेकुरा केहि नभएपछि छोराछोरीलाई फकाउनको लागि उनले भाँडोमा ढुङ्गा राखेर उमालेकी हुन् । छिमेकी प्रिस्का मोमानीले पूरा घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि खबर चारैतिर फैलिएको हो ।

 

प्रिस्काले बच्चाहरु रोएको खबर सुनेर त्यहाँ जाँदा उक्त घटना भएको देखेकी थिइन् । उनको अवस्थाबारे थाहा पाएपछि उनलाई सहयोग गर्न धेरैजना अगाडि सरेका छन् ।

उनको छिमेकीहरुले बैंक अकाउण्ट खोलिदिएपछि उनलाई बैंक अकाउण्टमा सहयोग प्राप्त हुन थालेको छ । यो पूरा घटना केन्याको रहेको हो ।

एजेन्सीको सहयोगमा

कोरोना महामारीका बीच चीनले गर्यो शक्ति प्रदर्शन, विश्वमा फैलियो त्रास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?