काठमाडौं । कोरोना भाइरसको महामारीका बीच अमेरिकामा यस पटक प्रकृतिले पनि अनेक समस्या उत्पन्न गरिरहेको छ । नेशनल वेदर सर्भिस (NWS) का अनुसार, अमेरिकामा अप्रिल सन् २०२० मा आएको टोर्नाडो तुफानले गएका ७० वर्षको रेकर्ड तोडेको छ ।
अप्रिलमा थोरैमा पनि २५६ बवन्डरले अनेक समस्या निम्त्याएका छन् । WEATHER.COM का अनुसार, अमेरिकामा आएको टोर्नाडोले गएको ७० वर्षको रेकर्ड तोडेको छ ।
अप्रिल महिनामा आएको तुफान अमेरिकामा ७० वर्षको ईतिहासमै सबैभन्दा ठूलो रहेको बताइएको छ । अप्रिलमा आएको तुफानहरुले दक्षिण अमेरिकाका केहि भागहरुमा अत्याधिक हानी गरेको थियो ।
तुफानका कारण सयौँ संरचना ध्वस्त हुनुका साथै ५० जना भन्दा धेरैको मृत्यु भएको छ ।
राष्ट्रिय मौसम तथा WEATHER.COM द्वार तयार पारिएको आँकडाका अनुसार अमेरिकामा अप्रिल सन् २०२० मा तुफानको जम्मा संख्या २५६ भन्दा धेरै रहेको छ ।
पछिल्लो २० वर्षमा अमेरिकामा १९४ भन्दा धेरै तुफान आएका थिएनन् । सन् १९५० भन्दा पछि यो नै सबैभन्दा ठूलो रेकर्ड रहेको छ ।
सन् २०२० मा आएका तुफानको संख्या सन् २०१९ मा आएकाको भन्दा औसतमा एक तिहाईले बढी रहेको छ । १२/१३ अप्रिलमा टेक्सासबाट लिएर म्यारील्याण्डसम्म १० राज्यमा १४० तुफान आएका थिए ।
त्यो बाहेक ७/८ अप्रिलमा ओहियो घाटीमा ३० तुफान आएका थिए । त्यस्तै १९/२० अप्रिलमा डीप साउथमा २ दर्जन तथा दक्षिणमा ४५ तुफान आएका थिए ।
एक रेकर्डका अनुसार अप्रिल सन् २०११ मा अमेरिकामा ७५८ तुफान आएको थियो । जो सन् अप्रिल २०२० को भन्दा तीन गुणा धेरै हो ।
एजेन्सीको सहयोगमा
यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?
कोरोना महामारीका बीच चीनले गर्यो शक्ति प्रदर्शन, विश्वमा फैलियो त्रास
लकडाउन असर : भोकले तड्पिरहेका बच्चालाई खुवाउन आमाले पकाईन् ढुङ्गा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया