काठमाडौं । वैश्विक चिन्ताको विषय बनेको कोरोना भाइरसको महामारीका कारण अहिले सम्म विश्वमा १ लाख ९७ हजार २४५ जनाको ज्यान गएको छ भने ७ लाख ९८ हनार ७७२ जना उपचार पछि निको भएका छन् ।
त्यस्तै २८ लाख ३० हजार ५१ जनालाई संक्रमण भएको छ भने ५८ हजार ५२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म ५२ हजार १८५ जनाको ज्यान गएको छ भने ९ लाख २५ हजार ३८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २२ हजार ५२४ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार ७६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै इटालीमा अहिलेसम्म २५ हजार ९६९ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ९२ हजार ९९४ रहेको छ । त्यहाँ२ हजार १७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २२ हजार २४५ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ८३८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ८७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७६० जनाको ज्यान गएको छ भने १ लाख ५४ हजार ९९९ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ९०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण १९ हजार ५०६ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार४६४ जनालाई संक्रमण भएको छ । त्यस्तै टर्कीमा महामारीका कारण अहिलेसम्म २ हजार ६०० जनाको मृत्यु भएको छ भने १ लाख ४ हजार ९१२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ१ हजार ७९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५७४ जनाको ज्यान गएको छ भने ८८ हजार १९४ जनालाई संक्रमण भएको छ । त्यहाँ ३ हजार १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा ८२ हजार ८१६ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने कोरोना भाइरसको महामारीका कारण चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा अहिलेसम्म ६१५ जनाले ज्यान गुमाएका छन् भने ६८ हजार ६२२ जनालाई संक्रमण भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३ हजार ६७० जनाले ज्यान गुमाएका छन् भने ५२ हजार ९९५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६हजार ६७९ जनाको ज्यान गएको छ भने ४४ हजार २९३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यानडामा अहिले सम्म कोरोना भाइरसको महामारीका कारण २ हजार ३०२ जनाले ज्यान गुमाएका छन् भने ४३ हजार ८८८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै नेदरल्याड्समा अहिलेसम्म ३६हजार ५३५ जनालाई संक्रमण भएको छ भने ४ हजार २८९ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ हजार ५८९ जनाको ज्यान गएको छ भने २८ हजार ६७७ जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया