काठमाडौं । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका भेटिएका १६ जनामै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप कोरोना संक्रमित पुष्टि भएपछि १६ जनामै कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले लोकपथलाई जानकारी दिए ।
सो मस्जिदमा संकास्पद अवस्थामा भेटिएका १६ जनामा आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा सुरुमा १६ जनामै कोरोना देखिएको थियो भने त्यसपछि धरान, विराटनगर र केन्द्रीय प्रयोगशालामा समेत परीक्षण गर्दा सबैको नतिजा पोजेटिभ नै आएको हो ।
गत शुक्रबार उदयपुरको सो मस्जिदमा भेटिएका १२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यस्त गत शनिवार १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । र आज (बुधवार) भेटिएका ३ नयाँ संक्रमितसहित १६ जना पुगेका हुन् ।
त्यसपछि पनि पुष्टि भएका ४ जनालाई पनि सोही अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनीहरुमध्ये धेरैजसो भारतीय रहेको बताइएको छ । यस्तै उदयपुरमै अन्य ११ जना समेत संक्रमित भएका छन् । मस्जिद वरपरका ती ११ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुगिसकेको छ । यो भनेको समुदायस्तरमै कोरोना फैलिन पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर हालसम्म ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ भने त्यसमा ७ जना निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया