मर्यो दुर्लभ रतुवा

दाङ । दाङमा कुकुरको टोकाइबाट दुर्लभ रतुवा आज मरेको छ । जंगलबाट निस्केको रतुवालाई राजपुर गाउँपालिका वडा नं २ बेलामा मङ्गलवार घरपालुवा कुकरले टोक्दा घाइते भएको थियो ।

रतुवा उपचारका क्रममा मरेको डिभिजन वन कार्यालय, देउखुरीका प्रमुख प्रवीण बिंडारीले जानकारी दिए ।

‘रातेबाख्री’ करीब १८ किलोको थियो । उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने यो जनावर जिल्लामा अहिले लोप हुँदै गएको छ ।

शाकाहारी तथा स्तनधारी रतुवा कुनै समय जिल्लाका वनमा प्रशस्त पाइन्थ्यो । यसको आयु १६ देखि २० वर्षसम्म रहने गरेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?