काठमाडौं । कोरोनाबाट बेलायतमा आज थप एकजना पूर्व गोर्खाको निधन भएको छ । बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय एक नेपालीको कोरोनाको संक्रमणबाट निधन भएको हो ।
पुर्ख्यौली घर स्याङ्जा भएका उनी सन् २०१० देखि बेलायतमा बस्दै आएका हुन् ।
सामान्य रुघाखोकी र पखालाका कारण समस्या उत्पन्न भएपछी ३१ मार्चका दिन साउथ ईस्ट लण्डनको क्वीन एलिजावेथ अस्पताल पुर्याइएको थियो । योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया