मध्यपूर्वमा अलपत्र परेका भारतीय कामदार स्वदेश फिर्ता गर्न राहुलको आग्रह

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धीले मध्यपूर्वमा अलपत्र अवस्थामा रहेका भारतीय कामदारहरुलाई तत्काल स्वदेश फिर्ता गराउन माग गरेका छन् ।

उनीहरुलाई स्वदेश फर्काउन सरकारले तत्काल उडान सेवाको व्यवस्था गर्नु पर्ने नेता गान्धीको आग्रह छ ।
कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि लकडाउन लागु गरेकाले उनीहरुले काम गर्न नपाएर स्वदेश फर्किन चाहेको उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सरकारको ध्यानाकर्षण गराउदै भन्नुभएको छ, “मध्यपूर्वका देशहरुमा हजारौ भारतीय कामदार नागरिकहरु अफ्ट्यारो अवस्थामा रहेका छन्, त्यसैले उनीहरुलाई तत्काल आफ्नो घर फर्काउने व्यवस्था गर्नु पर्दछ ।”

“हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुलाई घर फर्काउनका लागि सरकारले तत्काल उडानको व्यवस्था गरोस्, उनीहरुलाई स्वदेश फर्काएपछि क्वारेन्टाइनमा राख्नका लागि पनि पहिले नै तयारी गरिनु पर्दछ,” गान्धीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?