काठमाडौं । चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोरोना महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिएका छन् । उनका अनुसार चीन सरकारले सहयोग स्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो ।
विश्वमा कोरोनाको महामारी विश्वव्यापी रुपमा बढ्दो रुपमा रहेको भन्दै यस्तो अवस्थामा विभिन्न देशमा स्वास्थ्य सामग्री तथा कतै मेडिकल टिम नै पठाएको हो । चीन र अफ्रिकी देशहरुबीचको सम्बन्ध सुधारको संकेतस्वरुप यो सहयोग गरिएको प्रवक्ता चाओले बताए ।
चीनमा भएको कोरोनाको प्रकोपको समयमा सबैभन्दा पहिला साउदी अरेबियाको सरकारले चीनलाई फोन गरेर सान्त्वना दिएको तथा साउदी अरेबियामा भएको क्षतिबारे दुःख व्यक्त गरेको प्रसंग उनले उल्लेख गरे ।
हाल साउदी अरेबियामा कोरोनाको महामारी बढ्दै गएको छ । सोही कारण साउदी अरब सरकारको आग्रहपछि सो मेडिकल टिम पठाइएको चीनले जनाएको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया