काठमाडौं । समाचारको माध्यमबाट जनतालाई सुसूचित गराउने कामसँगै एक सञ्चारकर्मीले विपन्न परिवारको चुलो बाल्न पनि सघाएका छन् । कोरोना भाइरसको सङ्क्रमण पैmलिन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवारलाई राहत सामग्री वितरण गर्दै पत्रकार अर्जुन गिरी यतिखेर अनुकरणीय बन्नुभएको छ । गिरी पोखराबाट प्रकाशित ताण्डव न्यूजका सम्पादक रहेका छन् ।
पोखरा महानगरपालिकाको १७ र २१ जोड्ने फुस्रेखोलामाथिको निर्माणाधीन पक्की पुलमा काम गर्ने १३ भारतीय मजदुरलाई आवश्यक खाद्यान्न सहयोग गर्न तत्तत् स्थानमा पुगेका गिरीले अप्ठ्यारोमा परेका मजदुरलाई एक हप्ता पुग्ने चामल, दाल, नुन, तेल, आलु, सोयाविनलगायतका सामग्री वितरण गरेका हुन् ।
“भारतीय मजदुरले हाम्रै लागि काम गरिरहेका छन्, भूगोलभन्दा पनि मानवीयताको नाताले उनीहरूको चिसिन थालेको चुलो तताउन सहयोग गरेको हुँ”, उनले भने, “ठेकेदारले गरेको सहयोग उनीहरुका लागि पर्याप्त नभएको सूचना पाएसँगै उनीहरूलाई भेटेर सहयोग गरेका हौँ ।” सम्पादक गिरीसहित पोखरा महानगरपालिका–४ का सञ्जय श्रेष्ठ र कैलाश गुरुङसहित तीन जनाको व्यक्तिगत खर्चबाट खाद्यान्न सामग्री खरिद गरी विपन्न परिवारलाई वितरण गरेका हुन् ।
लकडाउनका कारण भोकाएका पेटलाई केही हदसम्म भए पनि भर्ने प्रयास गर्दै आएको बताउँदै पत्रकार गिरीले भने, “३३ परिवार र १३ मजदुरलाई राहत वितरण गर्दा तीन भाइको रु ४० हजार खर्च भएको छ ।” उनका अनुसार पोखरा महानगरपालिका–२१ स्थित कृष्तिको सिमलचौर, ठूलोचौर, धुवारकोट, मट्टीखान, मुलबारी र अगेरपानीका ३१ परिवार र पोखरा ११ रानीपौवाका दुई परिवारलाई राहतअन्तर्गत खाद्यान्न सामग्री वितरण गरिसकिएको छ ।
ती स्थानमा वडा नं। २१ वडाध्यक्ष खगराज आचार्य र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का युवानेता झपट रानाभाटको उपस्थितिमा राहत वितरण गरिएको जानकारी दिँदै उहाँले लकडाउनको अवधि बढेमा विपन्न परिवार सम्पर्कमा आएमा आवश्यकतानुसार राहत वितरण गर्दै जाने बताए । वडाध्यक्ष आचार्यका अनुसार लकडाउनका कारण दैनिकी सञ्चालनमा समस्या परेका विपन्न एवं मजदुर वर्गलाई पत्रकार गिरीको सहयोग उदाहरणीय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया