भारतमामात्र कोरोना संक्रमित ११ हजार बढी, यस्तो छ संक्रमण रोक्न सरकारी तयारी

काठमाडौ । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभीड १९) को कारण यो समाचार तयार पर्दासम्म ११ हजार ४ सय ८७ जना संक्रमित भइसकेका छन् । भने ३ सय ९३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । यसैगरी १३ सय ५९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३४ जना नया संक्रमित देखिएका छन् भने ३५ जनाभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना संक्रमणले तिब्रता लिएसँगै भारत सरकारले लकडाउनको समय अर्को तिन हप्ता थपेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रको नाममा संबोधन गर्दै कोरोना महामारी नियन्त्रणको लागी लामो समय देश लकडाउन गर्न परेको बताएका थिए ।

यस्तै कोरोना संक्रमतिको संख्या मंगलबार मध्यरातसम्म विश्भवर दुई मिलयन ९२० लाख० नजिक पुगेको छ।
वर्ल्डोमिटरका अनुसार संक्रमितको संख्या १९ लाख ८५ हजार १३५ पुगेको हो । यस्तै मृतकको संख्या १ लाख २५ हजार ३४४ पुगेको छ भने ४ लाख ६६ हजार निको भएर घर फर्किएका छन् । मंगलबार मात्रै विश्वभर ५८ हजार नयाँ संक्रमित भेटिएका छन् भने मृतकको संख्या पनि ५५ सयको हाराहारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?