श्रीमतीको हत्या गरि कोरोना संक्रमण भन्दै श्रीमानले गरे ढाकछेप

काठमाडौं । श्रीमतीको हत्या गरि कोरोना संक्रमणबाट मृत्यु भएको भन्दै ढाकछोप गर्ने अमेरिकाको फ्लोरिडाका एक पुरुष पक्राउ परेका छन् । श्रीमती भने पहिले नै ती पुरुषसँग अलग बस्दै आएकी थिइन । उनले श्रीमतीको हत्या गरि कोरोना संक्रमित भएर अस्पतालमा बसेकी छिन् भन्दै ढाँटको त्यहाँको प्रहरीले जनाएको छ ।

साथै यसअघि नै ५१ वर्षीय ग्रिटचेन एन्थोनीका साथीभाईको मोबाइलमा मार्चको अन्त्यतिर एन्थोनीमा कोभीड १९ को गम्भीर समस्या देखिएको र उनी अस्पतालमा उपचार गराइरहेको रहस्यमयी म्यासेज गरेका थिए । यो म्यासेजपछि उनीहरुले एन्थोनी समस्यामा परेको हुन नसक्ने अनुमान लगाएका थिए ।

त्यस लगत्तै फ्लोरिडा, जुपिटरका प्रहरीले यसबारे अनुसन्धान थालेको थियो । स्थानीय स्तरमा उनको कहीं–कतै उनको उपचार भएको पत्ता लागेन, न उपचारबारे कुनै बिमा दाबी नै गरिएको थियो । त्यसपछि प्रहरीले यी महिलाका ४८ वर्षे श्रीमान्मा अनुसन्धान केन्द्रीत गरेको थियो ।

श्रीमान् डेभिड एन्थोनी उनीसँग गत फेब्रअरीदेखि नै छुट्टिएका थिए । डेभिडले प्रयोग गर्ने भाषा र कोरोना भाइरसबारे पठाइएको म्यासेजमा प्रयोग गरिएका शब्द उस्तै–उस्तै रहेको प्रहरीले पत्ता लगाएको थियो ।

त्यसयता प्रहरीले यो जोडीको घर वरपर पनि अनुसन्धान ग-यो , छिमेकीले एक महिला ‘मलाई दुख्छ भन्दै चिच्याइरहेको ’ र ‘डरलाग्दो आवाज’ आफ’ले स’नेको जानकारी दिएकी थिइन ।

उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको छ र थप प्रमाण पनि भेटिएको छ, यो विश्वास छ कि डेभिड ई एन्थोनी नै ती महिलोका बेपत्ता र हत्यामा संलग्न भएको खुलासासहित जुपिटरका प्रहरीद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

यी व्यक्तीविरुद्ध हत्या र अपहरणको अभियोग दर्ता गरिएको छ र उनलाई प्लास बिच काउन्टीका प्रहरी अधिकारीसमक्ष हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । ग्रिटचेनको शव भने अझै भेटिएको छैन ।

डेभिडलाई प्रहरीले ३१ मार्चमा लास क्रुसेज, न्यू मेक्सिकोबाट पक्राउ गरेको थियो, यसभन्दा १० दिनअघि नै श्रीमतीको हत्या भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?