काठमाडौं । भारत सरकारले मंगलवार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा ३ मे सम्मका लागि बन्द गरेको छ ।
भारत सरकारले लकडाउनको समय २१ दिनको लागि थप गरेसँगै सबै उडान ३ मे सम्मको लागि बन्द गरेको हो ।
यो भन्दा अगाडि भारतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक यात्री विमान २५ मार्च देखि १४ अप्रिलसम्मका लागि बन्द गरेको थियो ।
नागरिक उड्डयन मन्त्रालयले एक ट्वीट गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान ३ मे सम्मको लागि बन्द गरेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया