कोरोनाका कारण बेलायतका चर्चित हास्य कलाकारको निधन

काठमाडौं । कोरोना भाइरसका कारण ब्रिटेनका ७९ वर्षीय चर्चित कमेडियन टिम ब्रुकरको निधन भएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उनको आईतवार विहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनले सन् १९६० मा टिभी तथा रेडियोबाट कमेडी शुरु गरेका थिए । उनी गुडीज नामक हास्य कलाकारहरुको टिममा समेत रहेका थिए ।

कोरोना संक्रमणबाट विश्वमा ४ हलिउड एक्टर, एक कमेडियन तथा दुई गायकहरुको मृत्यु भईसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?