अप्रिल यता स्पेनमा ८ हजार भन्दा धेरैको मृत्यु, झनै बढे मृतक र संक्रमित

काठमाडौं । विश्वकै लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेर खडा भएको कोरोना भाइसका कारण अहिलेसम्म विश्वमा १ लाख १४ हजार २४७ जनाले ज्यान गुमाएका छन् भने १८ लाख ५३ हजार १५५ जनामा संक्रमण रहेको छ ।

त्यस्तै ४ लाख २३ हजार ६२५ जना उपचार पछि निको भएका छन् । कोरोनाले ग्रस्त बनेको स्पेनमा यो समाचार तयार पार्दासम्म १७ हजार २०९ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६६ हजार ८३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ । स्पेनमा आईतवार मात्रै ३ हजार ८०४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आईतवार मात्रै स्पेनमा थप ६०३ जनाले ज्यान गुमाएका छन् । अप्रिल महिना यता स्पेनमा १२ दिन भित्र ८ हजार ७४५ जनाले ज्यान गुमाईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?