फ्रान्समा १२ दिनमा १० हजार भन्दा धेरैको मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरसले अति प्रभावित देश फ्रान्समा यो समाचार तयार पार्दासम्म १४ हजार ३९३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै २७ हजार १८६जना उपचार पछि निको भएका छन् भने १ लाख ३२ हजार ५९१ जनालाई संक्रमण भएको छ । फ्रान्समा ६ हजार ८४५ जनाको अवस्था गम्भीर रहेको छ ।

फ्रान्समा पहिलेको तुलनामा संत्रलमित कम पाइएपनि मृतकको संख्या भने घट्न सकेको छैन । आईतवार फ्रान्समा संक्रमण हुनेको संख्या २ हजार ९३७ रहेको छ भने आईतवार नै मृतकको संख्या भने ५६१ रहेको छ ।

भाइरसका कारण फ्रान्समा अप्रिलको पहिलो दिनदेखि आजसम्म १० हजार ८७० जनाले ज्यान गुमाईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?