भारतमा ह्वात्तै बढे संक्रमित, शनिवार मात्रै ३९ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको प्रकोपले सारा विश्व नै तहसनहस बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ४ हजार ३२ जना स्वास्थ्य उपचार पछि निको भएका छन् भने १ लाख ८ हजार ८२८ जनाको महामारीका कारण ज्यान गएको छ । त्यस्तै १७ लाख ८० हजार ३५६ जनामा संक्रमण देखिएको छ ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।

भारतमा अहिलेसम्म ८ हजार ४४६ जनालाई कोरोनाको संक्रमण देखिएको छ भने संक्रमित ९६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

शनिवार मात्रै भारतमा ८४६ जना नयाँ संक्रमित पाइएको हो । त्यस्तै भारतमा शनिवार नै ३९ जनाले महामारीका कारण ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?